मंगलवार, कार्तिक ३,२०८३ 04:25:35
  • मंगलवार, कार्तिक ३,२०८३ 04:25:35
Global IME Bank Limited

सानिमा बैंकको ऋणपत्र रेटिङ फिर्ता, बैंककै अनुरोधपछि ICRA Nepal ले हटायो रेटिङ

Bizshala
सानिमा बैंकको ऋणपत्र रेटिङ फिर्ता, बैंककै अनुरोधपछि ICRA Nepal ले हटायो रेटिङ
New Office

काठमाण्डौ । ICRA Nepal Limited ले सानिमा बैंक लिमिटेडको subordinated debentures मा दिएको रेटिङ फिर्ता (withdraw) लिएको छ।

ICRA Nepal ले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार बैंककै अनुरोधपछि सानिमा बैंकको ऋणपत्रलाई दिइएको [ICRANP] LA- रेटिङ फिर्ता लिइएको हो। उक्त रेटिङ यसअघि “Watch with Negative Implications” मा राखिएको थियो। 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

ICRA Nepal ले ऋणपत्रको रेटिङ फिर्ता लिनु भनेको उक्त धितोपत्र खरिद, बिक्री वा होल्ड गर्न गरिएको सिफारिस नभएको स्पष्ट पारेको छ। 

साथै, यस्तो रेटिङले कम्पनीको धितोपत्रको बजार मूल्य वा मूल्यांकनका विषयमा कुनै टिप्पणी नगर्ने पनि जनाएको छ। 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

ICRA Nepal ले सानिमा बैंकको अनुरोधपछि रेटिङ फिर्ता लिएको उल्लेख गरे पनि बैंकले किन रेटिङ फिर्ता लिन आग्रह गरेको हो भन्ने कारण प्रेस विज्ञप्तिमा खुलाइएको छैन।

सेप्टेम्बर २९, २०२६ मा जारी विज्ञप्तिसँगै सानिमा बैंकको उक्त subordinated debentures माथिको ICRA Nepal को रेटिङ औपचारिक रूपमा withdraw भएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.