काठमाण्डौ । ICRA Nepal Limited ले सानिमा बैंक लिमिटेडको subordinated debentures मा दिएको रेटिङ फिर्ता (withdraw) लिएको छ।
ICRA Nepal ले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार बैंककै अनुरोधपछि सानिमा बैंकको ऋणपत्रलाई दिइएको [ICRANP] LA- रेटिङ फिर्ता लिइएको हो। उक्त रेटिङ यसअघि “Watch with Negative Implications” मा राखिएको थियो।
ICRA Nepal ले ऋणपत्रको रेटिङ फिर्ता लिनु भनेको उक्त धितोपत्र खरिद, बिक्री वा होल्ड गर्न गरिएको सिफारिस नभएको स्पष्ट पारेको छ।
साथै, यस्तो रेटिङले कम्पनीको धितोपत्रको बजार मूल्य वा मूल्यांकनका विषयमा कुनै टिप्पणी नगर्ने पनि जनाएको छ।
ICRA Nepal ले सानिमा बैंकको अनुरोधपछि रेटिङ फिर्ता लिएको उल्लेख गरे पनि बैंकले किन रेटिङ फिर्ता लिन आग्रह गरेको हो भन्ने कारण प्रेस विज्ञप्तिमा खुलाइएको छैन।
सेप्टेम्बर २९, २०२६ मा जारी विज्ञप्तिसँगै सानिमा बैंकको उक्त subordinated debentures माथिको ICRA Nepal को रेटिङ औपचारिक रूपमा withdraw भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।