आईतवार, असार २२,२०८२ 03:04:44
  • आईतवार, असार २२,२०८२ 03:04:44
Global IME Bank Limited

सरकारको प्राथमिकतामा पर्‍यो पूँजीबजार, यसअघिका सुझावलाई कार्यान्वयन गरिने

Hyundai Nepal
सरकारको प्राथमिकतामा पर्‍यो पूँजीबजार, यसअघिका सुझावलाई कार्यान्वयन गरिने
Nabil Bank Limited

काठमाण्डौ । सरकारले पूँजी बजारलाई प्राथमिकतामा राखेको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट आज संसदमा नीति तथा कार्यक्रममा पेश गर्दै पूँजीबजारलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।  

राष्ट्रपतिले पूँजी बजार सुधारका लागि यसअघि भएका अध्ययनबाट प्राप्त सुझावलाई कार्यान्वयन गरिने समेत बताए ।  

राष्ट्रपतिले भने,‘नियमन र सुपरिवेक्षणलाई दृढ गर्दै वित्तीय क्षेत्रलाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो बनाइनेछ। बैंक तथा वित्तीय संस्था, लघुवित्त र पुँजीबजारमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरु क्रमशः कार्यान्वयन गरिनेछ’ ।

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै छरिएर रहेका साना पूँजीलाई एकत्रित गरी ठूला परियोजना कार्यान्वयन गर्न एवम् बन्द भएका उद्योग–कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न निजी कम्पनीलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको छ राष्ट्रपतलिे बताए ।  

‘छरिएर रहेका साना पुँजीलाई एकत्रित गरी ठूला परियोजना कार्यान्वयन गर्न एवं बन्द भएका उद्योग–कलकारखाना सञ्चालन र व्यवस्थापन गर्न निजी कम्पनीलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको’, उनले भने । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.