काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको सेयरमूल्य समायोजन गरेको छ ।
विकास हाइड्रोपावर सिटिजन्स बैंकले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै कम्पनीको मूल्य समायोजन गरेको हो ।
विकास हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर वितरणपश्चात् ५६१ रुपैयाँको आधारमा ५१० रुपैयाँ मूल्यमा समायोजन भएको हो ।
त्यस्तै, सिटिजन्स बैंकको ३.८० प्रतिशत बोनस सेयर वितरणपश्चात् २११ रुपैयाँको आधारमा २०३.२८ रुपैयाँ कायम भएको छ ।
सोही मूल्यकै आधारमा सोमबार दुवै कम्पनीको कारोबार खुल्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।