काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३२ रुपैयाँ र बिक्रीदर १३३.९२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.९५ रुपैयाँ र बिक्रीदर १४४.५९ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.३८ रुपैयाँ र बिक्रीदर १६८.१४ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.१४ रुपैयाँ र बिक्रीदर ८८.५३ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.५२ रुपैयाँ र बिक्रीदर ८.५६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३० रुपैयाँ र बिक्रीदर ३६.४६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४३ रुपैयाँ र बिक्रीदर १८.५१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.२५ रुपैयाँ र बिक्रीदर २८.३८ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५७ रुपैयाँ र बिक्रीदर ३६.७३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७५ रुपैयाँ र बिक्रीदर ९.७९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३३.५५ रुपैयाँ र बिक्रीदर ४३५.५० रुपैयाँ कायम भएको छ ।