बुधबार, आश्विन २१,२०८३ 01:29:30
Bizshala
  • बुधबार, आश्विन २१,२०८३ 01:29:30
Bizshala
Global IME Bank Limited

सन सेक्युरिटिजद्वारा इस्लिङ्टन कलेजमा ३० दिने स्टक सिमुलेसन प्रतियोगिता सम्पन्न

Bizshala
सन सेक्युरिटिजद्वारा इस्लिङ्टन कलेजमा ३० दिने स्टक सिमुलेसन प्रतियोगिता सम्पन्न
New Office

काठमाण्डौ । सन सेक्युरिटिज प्रा.लि.ले इस्लिङ्टन कलेजमा ३० दिने स्टक सिमुलेसन प्रतियोगिता सम्पन्न गरेको छ। MoneyMaze Islington Community को सहकार्यमा कलेजका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको उक्त प्रतियोगिता भदौ ९ गतेदेखि सञ्चालन भएको थियो। 

विद्यार्थीलाई सेयर बजारको व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामार्फत सहभागीले सिमुलेसन प्लेटफर्ममा सेयर खरिद तथा बिक्री गर्ने अभ्यास गरेका थिए। यस क्रममा उनीहरुले जोखिम व्यवस्थापन, लगानी निर्णय, पोर्टफोलियो व्यवस्थापन तथा बजारको उतारचढाव बुझ्ने अवसर पाएको सन सेक्युरिटिजले जनाएको छ। 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रतियोगिता अवधिभर विद्यार्थीले बजारका गतिविधि तथा कम्पनीहरुको प्रदर्शन विश्लेषण गर्दै विभिन्न लगानी तथा कारोबारसम्बन्धी निर्णय लिएका थिए। कम्पनीका अनुसार यसले विद्यार्थीमा सेयर बजारप्रतिको व्यावहारिक बुझाइ विकास गर्नुका साथै सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने अवसर प्रदान गरेको छ। 

प्रतियोगितामा अछुर्ना काफ्ले उत्कृष्ट प्रदर्शन गर्दै ‘टुर्नामेन्ट विनर’ बन्न सफल भएकी छन्। उनले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्। त्यस्तै, अरुण भण्डारी प्रथम उपविजेता बन्दै १५ हजार रुपैयाँ तथा सोनु कुमार द्वितीय उपविजेता बन्दै १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। 

सन सेक्युरिटिजले युवापुस्तामा वित्तीय साक्षरता र बजारसम्बन्धी व्यावहारिक बुझाइ अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। स्टक सिमुलेसनजस्ता कार्यक्रमले विद्यार्थीलाई वास्तविक रकम लगानी नगरी बजारको व्यवहार बुझ्न, लगानी रणनीति बनाउन र निर्णय क्षमता विकास गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।

कम्पनीले प्रतियोगितामा सहभागी सबै विद्यार्थीप्रति धन्यवाद व्यक्त गर्दै विजेता अछुर्ना काफ्ले, प्रथम उपविजेता अरुण भण्डारी तथा द्वितीय उपविजेता सोनु कुमारलाई बधाई दिएको छ। कार्यक्रम सफल बनाउन सहयोग गरेको इस्लिङ्टन कलेज तथा MoneyMaze Islington Community प्रति पनि सन सेक्युरिटिजले आभार व्यक्त गरेको छ।

सन सेक्युरिटिजले आगामी दिनमा पनि विद्यार्थी तथा युवापुस्तालाई लक्षित गर्दै वित्तीय साक्षरता, पूँजीबजार शिक्षा तथा व्यावहारिक लगानी ज्ञान अभिवृद्धि गर्ने विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.