बिहीबार, आश्विन २९,२०८३ 07:02:15
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 07:02:15
Bizshala
Global IME Bank Limited

शुभ लक्ष्मी कोषको आकार बढेर ३ अर्ब पुग्ने, एसआईपीपछि एसडब्ल्यूपी पनि सुविधा

Bizshala
शुभ लक्ष्मी कोषको आकार बढेर ३ अर्ब पुग्ने, एसआईपीपछि एसडब्ल्यूपी पनि सुविधा
New Office

काठमाण्डौ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले योजना व्यवस्थापक तथा डिपोजिटरीका रूपमा सञ्चालन गर्दै आएको खुलामुखी म्युचुअल फन्ड योजना ‘शुभ लक्ष्मी कोष’को आकार बढाएर ३ अर्ब रुपैयाँ पुर्‍याउने भएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कोषको अधिकृत आकार १ अर्ब रुपैयाँबाट बढाएर ३ अर्ब रुपैयाँ कायम गर्न स्वीकृति दिएको हो। कम्पनीका अनुसार बोर्डबाट असोज १९ गते उक्त स्वीकृति प्राप्त भएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

शुभ लक्ष्मी कोषको आकार २०८२ कात्तिक २५ गतेसम्म ५० करोड रुपैयाँ रहेको थियो। त्यसपछि १ अर्ब रुपैयाँसम्म विस्तारका लागि धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएकोमा एक वर्षको अवधिमै सो रकम करिब पूर्ण रूपमा इकाइधनीबाट संकलन तथा बाँडफाँट गर्न कम्पनी सफल भएको जनाएको छ।

कोषको आकार ३ अर्ब रुपैयाँ पुगेपछि थप लगानीकर्तालाई योजनामा सहभागी गराउन सहज हुने कम्पनीको अपेक्षा छ।

यसैबीच शुभ लक्ष्मी कोषले इकाइधनीका लागि सिस्टमेटिक विथड्रअल प्लान (SWP) सुविधा पनि सञ्चालनमा ल्याएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यो सुविधामार्फत इकाइधनीले आफ्नो लगानीबाट निश्चित समय अन्तरालमा आवश्यक रकम योजनाबद्ध तथा नियमित रूपमा झिक्न सक्नेछन्। विशेषगरी लगानीबाट नियमित आम्दानी लिन चाहने तथा आफ्नो लगानीलाई व्यवस्थित रूपमा उपयोग गर्न चाहने लगानीकर्ताका लागि एसडब्ल्यूपी उपयोगी हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नियमित रूपमा लगानी गर्न चाहनेका लागि सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (SIP) र आवश्यकता अनुसार योजनाबद्ध रूपमा रकम निकाल्न चाहनेका लागि SWP दुवै सुविधा उपलब्ध भएसँगै शुभ लक्ष्मी कोषलाई दीर्घकालीन तथा व्यवस्थित लगानी विकल्पका रूपमा विस्तार गर्ने लक्ष्य लिइएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.