काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ४ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३१ रुपैयाँ र बिक्रीदर १३३.९१ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.८५ रुपैयाँ र बिक्रीदर १४५.५० रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.७२ रुपैयाँ र बिक्रीदर १६९.४८ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.९४ रुपैयाँ र बिक्रीदर ८९.३४ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.६१ रुपैयाँ र बिक्रीदर ८.६४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२९ रुपैयाँ र बिक्रीदर ३६.४६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४७ रुपैयाँ र बिक्रीदर १८.५५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.४७ रुपैयाँ र बिक्रीदर २८.५९ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५७ रुपैयाँ र बिक्रीदर ३६.७३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९० रुपैयाँ र बिक्रीदर ९.९५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३४.१२ रुपैयाँ र बिक्रीदर ४३६.०८ रुपैयाँ कायम भएको छ ।