बुधबार, कार्तिक ११,२०८३ 11:35:12
  • बुधबार, कार्तिक ११,२०८३ 11:35:12
Global IME Bank Limited

इतिहासकै धेरै सुधार हुँदा पनि बजार किन चलेन ? लगानीकर्ताको मनोबल कमजोर हुनु चिन्ताको विषय : फुल्लेल

Bizshala
इतिहासकै धेरै सुधार हुँदा पनि बजार किन चलेन ? लगानीकर्ताको मनोबल कमजोर हुनु चिन्ताको विषय : फुल्लेल
New Office

काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा प्रसाद फुल्लेलले पुँजीबजार सुधारका लागि पछिल्लो समय इतिहासकै धेरै नीतिगत पहल हुँदाहुँदै बजारले अपेक्षित गति लिन नसक्नु र लगानीकर्ताको मनोबल कमजोर देखिनु गम्भीर समीक्षाको विषय बनेको बताएका छन्।

फुल्लेलका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को बजेटदेखि नियामक निकायका पछिल्ला निर्णयसम्म पुँजीबजारलाई सकारात्मक प्रभाव पार्ने थुप्रै व्यवस्था अघि बढेका छन्। पुँजीगत लाभकरलाई अन्तिम कर बनाइनु, दीर्घकालीन लगानीमा ३.७५ प्रतिशत र छोटो अवधिमा ५ प्रतिशत कर कायम हुनु तथा गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहज प्रवेश गराउने नीति सकारात्मक कदम भएको उनको भनाइ छ।

त्यस्तै नेप्सेको संरचनात्मक तथा प्राविधिक सुधार, इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ, मार्जिन ट्रेडिङ, नयाँ बेञ्चमार्क इन्डेक्स, एक्सचेन्ज ट्रेडेड फन्ड (ETF) तथा बन्ड र ऋणपत्र बजार विस्तारका लागि भइरहेको तयारीले बजारको दीर्घकालीन विकासमा महत्वपूर्ण आधार तयार गर्ने उनले बताएका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बैंक तथा वित्तीय संस्थाको सूचीकृत सेयरमा न्यूनतम होल्डिङ अवधि ४५ दिन कायम हुनु, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी र म्युचुअल फन्डजस्ता संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने नीति पनि बजारका लागि सकारात्मक रहेको फुल्लेलको धारणा छ।

“यति धेरै नीतिगत सुधार, पर्याप्त तरलता र घट्दो ब्याजदर हुँदाहुँदै पनि बजारले किन गति लिन सकेको छैन भन्ने प्रश्न महत्वपूर्ण बनेको छ,” फुल्लेलले भने, “समस्या नीति नभएर लगानीकर्ताको कमजोर मनोबल र सुधारको प्रभावकारी कार्यान्वयनप्रतिको विश्वासमा देखिएको छ।”

Garima Development Bank
Bizshala
IME remit

उनका अनुसार घोषणा भएका सबै व्यवस्था तत्काल कार्यान्वयनमा आइसकेका छैनन्। कतिपय नीति लागू भइसकेका छन् भने इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ, नयाँ वित्तीय उपकरण तथा केही संरचनात्मक सुधार अझै कानुनी तथा कार्यान्वयनको तयारीमै छन्।

“लगानीकर्ताले अब घोषणा मात्रै होइन परिणाम खोजिरहेका छन्,” उनले भने, “नीतिगत सुधार तीव्र गतिमा कार्यान्वयन भएर बजारमा त्यसको प्रभाव देखिए मात्रै मनोबल बलियो हुन्छ।”

फुल्लेलले अहिले पुँजीबजारका आधारभूत नीतिगत परिस्थिति विगतको तुलनामा सुधारोन्मुख रहेको उल्लेख गर्दै उपलब्ध सकारात्मक वातावरणलाई वास्तविक बजार सुधारमा रूपान्तरण गर्न सरकार, धितोपत्र बोर्ड, राष्ट्र बैंक र नेप्सेबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन्। गर्ने विश्वासमा खोज्नुपर्ने देखिन्छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.