मंगलवार, कार्तिक १७,२०८३ 07:33:35
  • मंगलवार, कार्तिक १७,२०८३ 07:33:35
Global IME Bank Limited

नानो फर्टिलाइजर र जैविक मललाई आवश्यक पदार्थको सूचीमा राख्ने सरकारको निर्णय

Bizshala
नानो फर्टिलाइजर र जैविक मललाई आवश्यक पदार्थको सूचीमा राख्ने सरकारको निर्णय
New Office

काठमाण्डौ ।  सरकारले नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री–वितरण हुने जैविक एवं प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने निर्णय गरेको छ ।

सरकारले यस्ता मलको उत्पादन, गुणस्तर तथा बिक्री–वितरणलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यले ‘मल नियन्त्रण आदेश, २०८३’ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सरकारको निर्णयअनुसार नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री–वितरण हुने जैविक तथा प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गरिनेछ ।

यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गरिने सरकारको निर्णयमा उल्लेख छ ।

Garima Development Bank
Bizshala
IME remit

मल नियन्त्रण आदेश कार्यान्वयनमा आएपछि नानो फर्टिलाइजर तथा वैकल्पिक प्रकृतिका मलको उत्पादन, गुणस्तर, बिक्री–वितरण र बजार व्यवस्थापनलाई स्पष्ट नियामकीय दायरामा ल्याउने बाटो खुल्नेछ ।

पछिल्लो समय रासायनिक मलसँगै जैविक, प्राङ्गारिक, नानो तथा बायोस्टिमुलेन्टको प्रयोग र व्यावसायिक कारोबार बढिरहेका बेला सरकारले यी वस्तुलाई औपचारिक नियमनको दायरामा ल्याउने निर्णय गरेको हो ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.