मंगलवार, आश्विन १३,२०८३ 07:10:17
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:10:17
Bizshala
Global IME Bank Limited

५० दिने मुभिङ एभरेजबाट माथि लाग्यो नेप्से, ४ महिना पछिकै उच्च कारोबार

Bizshala
५० दिने मुभिङ एभरेजबाट माथि लाग्यो नेप्से, ४ महिना पछिकै उच्च कारोबार
New Office

काठमाण्डौ । आज बजार ४५ अंकले बढेर बन्द हुँदा ५ अर्ब २५ करोड रुपैयाँबराबरको कारोबार भयो । यो कारोबार ४ महिनापछिकै उच्च हो । यसअघि गत वर्षको माघ १६ गते करिब साढे ५ अर्बबराबरको कारोबार भएको थियो ।  

प्राविधिक रुपमा आजको बजारलाई विभिन्न इन्डिकेटरबाट हेर्दा सु्पर ट्रेण्डमा पनि बुलिस देखिएको छ ।  

त्यसैगरि, बजारलाई अर्को विश्वासिलो इन्डिकेटर मुभिङ एभरेजबाट नियाल्दा पनि बजार ५० दिने मुभिङ एभरेजभन्दा माथि लागेको छ । यस अघि बजार ५० दिने मुभिङ एभरेजबाट माथि लाग्दा बजार बुलिस बनेको थियो । म्याक्डी , बोलिङगर ब्याण्ड तथा आरएसआई जस्ता इन्डिकेटरले बजार यसअघि नै बुलिस यात्रामा चल्दै गरेको देखिन्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आज बजारले यस अघिको कडा प्रतिरोध २०५० लाई भोल्युम र कारोबारसहित ब्रेक गरेर माथि लागेको छ । यसले बजार मजबुत रहेको देखिन्छ । पिभट् मार्फत नियाल्दा पनि आज बजारले पहिलो प्रतिरोध २०५० लाइ नै ब्रेक गरेर माथि लागेको छ । अबको दोस्रो प्रतिरोध भनेको २०९५ र त्यहाँबाट पनि माथि लागेको बजारले तेस्रो प्रतिरोध २१४४ आसपास लिन सक्ने देखिन्छ । बजार घटेमा भने क्रमश ः २०५०,२०२२ र १९६० मा सपोर्ट लिन सक्नेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.