काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ करोड २६ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १ करोड ८९ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा करिब १९ प्रतिशतले बढेको हो।
समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड १४ लाख २६ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३ करोड ९४ लाख ७४ हजार रुपैयाँ थियो।
कम्पनीको कुल नाफा ३ करोड ५० लाख ५ हजार रुपैयाँ पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो नाफा ३ करोड ३३ लाख ६ हजार रुपैयाँ थियो।
पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा ३ करोड २७ लाख ९७ हजार रुपैयाँ रहेको छ। गत वर्ष यस्तो नाफा ३ करोड ७ लाख ४८ हजार रुपैयाँ थियो।
यस अवधिमा कम्पनीले ४५ लाख ४० हजार रुपैयाँ वित्तीय खर्च व्यहोरेको छ भने ह्रासकट्टी खर्च ५१ लाख ५० हजार रुपैयाँ रहेको छ।
कम्पनीको चुक्तापुँजी १ अर्ब १२ करोड २५ लाख रुपैयाँभन्दा बढी रहेको छ। रिटेन्ड अर्निङ ११ करोड ३६ लाख रुपैयाँभन्दा बढी पुगेको छ।
असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति १ अर्ब ५३ करोड ६७ लाख रुपैयाँ रहेको छ भने दीर्घकालीन ऋण २४ करोड ७८ लाख रुपैयाँभन्दा बढी छ।
कम्पनीको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६ पैसा र प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ४० पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।