काठमाण्डौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा दोब्बरभन्दा बढी बढेको छ।
कम्पनीले असोज मसान्तसम्म ४ करोड २९ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले २ करोड १० लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा करिब १०४ प्रतिशतले बढेको हो।
समीक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ७४ करोड ३२ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ५७ करोड ४६ लाख रुपैयाँभन्दा बढी थियो।
कम्पनीको कुल नाफा ६८ करोड ५० लाख रुपैयाँभन्दा बढी पुगेको छ भने सञ्चालन नाफा ५५ करोड ४ लाख रुपैयाँभन्दा बढी रहेको छ।
यस अवधिमा कम्पनीको वित्तीय खर्च १२ करोड ६८ लाख रुपैयाँभन्दा बढी रहेको छ। करअघि नाफा ४२ करोड ९७ लाख रुपैयाँभन्दा बढी देखिएको छ।
कम्पनीको चुक्तापुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँ रहेको छ। रिटेन्ड अर्निङ १ अर्ब २० करोड रुपैयाँभन्दा बढी पुगेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८९ पैसा प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ १ पैसा र प्रतिशेयर बजार मूल्य ५७४ रुपैयाँ ९० पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।