काठमाण्डौ । मोदी इनर्जी लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा फर्किएको छ।
कम्पनीले असोज मसान्तसम्म १ करोड ५७ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको यही अवधिमा कम्पनी ४ करोड ११ लाख ६७ हजार रुपैयाँ घाटामा थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी उल्लेख्य बढेको छ। कम्पनीले पहिलो त्रैमासमा विद्युत बिक्रीबाट १४ करोड ९७ लाख ६३ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको यही अवधिमा यस्तो आम्दानी १० करोड ८६ लाख १७ हजार रुपैयाँ थियो। यस आधारमा आम्दानी करिब ३८ प्रतिशतले बढेको हो।
कम्पनीको सञ्चालन नाफा १३ करोड १२ लाख ३६ हजार रुपैयाँ पुगेको छ। गत वर्षको यही अवधिमा सञ्चालन नाफा ८ करोड ८३ लाख ६८ हजार रुपैयाँ थियो।
कम्पनीको वित्तीय खर्चसमेत घटेको छ। समीक्षा अवधिमा वित्तीय खर्च ४ करोड ८४ लाख ८७ हजार रुपैयाँ रहेको छ। गत वर्ष यस्तो खर्च ६ करोड २३ लाख ७२ हजार रुपैयाँ थियो।
कम्पनीको चुक्तापुँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ। रिजर्भ तथा सरप्लस भने १ अर्ब १९ करोड ६७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ।
असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति ५ अर्ब २३ करोड ९८ लाख रुपैयाँ रहेको छ। दीर्घकालीन ऋण ३ अर्ब ७ लाख रुपैयाँभन्दा बढी रहेको छ।
कम्पनीको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी २ रुपैयाँ १८ पैसा र प्रतिशेयर नेटवर्थ ५८ रुपैयाँ ७३ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।