काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ७ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.०४ रुपैयाँ र बिक्रीदर १३३.६४ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.६४ रुपैयाँ र बिक्रीदर १४५.२९ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.९८ रुपैयाँ र बिक्रीदर १६९.७४ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.०४ रुपैयाँ र बिक्रीदर ८९.४५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.५५ रुपैयाँ र बिक्रीदर ८.५९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२२ रुपैयाँ र बिक्रीदर ३६.३८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४२ रुपैयाँ र बिक्रीदर १८.५० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.३८ रुपैयाँ र बिक्रीदर २८.५१ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८३ रुपैयाँ र बिक्रीदर ९.८८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३३.१७ रुपैयाँ र बिक्रीदर ४३५.१३ रुपैयाँ कायम भएको छ ।