सोमबार, कार्तिक ३०,२०८३ 11:07:41
  • सोमबार, कार्तिक ३०,२०८३ 11:07:41
Global IME Bank Limited

एनभिडियाका पूर्वप्रमुखसँग जोडिएकी शंकास्पद चिनियाँ जासुसले सन् २०२५ मै मेगास्पिड छाडेको खुलासा

Bizshala
एनभिडियाका पूर्वप्रमुखसँग जोडिएकी शंकास्पद चिनियाँ जासुसले सन् २०२५ मै मेगास्पिड छाडेको खुलासा
New Office

काठमाडौं । चीनका लागि जासुसी गरेको आशंका गरिएकी एलिस हुआङले सन् २०२५ अगस्टमै सिंगापुरस्थित चिप कम्पनी मेगास्पिडको कार्यकारी पद छाडेको कम्पनीले जनाएको छ। उनको नाम एनभिडियाका पूर्वप्रमुख जेन्सेन हुआङसँग पनि जोडिएको छ।

दक्षिणपूर्वी एसियामा एनभिडियाका चिपको सबैभन्दा ठूलो खरिदकर्ता मेगास्पिडमाथि मलेसिया, इन्डोनेसिया र थाइल्यान्डस्थित डेटा सेन्टरमार्फत चिनियाँ कम्पनीलाई एनभिडियाका अत्याधुनिक चिपमा अप्रत्यक्ष पहुँच दिएको आरोप छ। अमेरिकाले एनभिडियालाई आफ्ना उन्नत चिप चीनमा बिक्री गर्न प्रतिबन्ध लगाएको छ।

मेगास्पिडले आइतबार आफ्नो व्यवसाय, आपूर्ति शृङ्खला र अन्तर्राष्ट्रिय सञ्चालनबारे आन्तरिक अनुसन्धान सुरु गरेको जनाएको छ। कम्पनीले सबै लागू कानुन तथा अमेरिकी निर्यात नियन्त्रणसम्बन्धी नियम पालना गरिरहेको दाबी गरेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

वासिङ्टनस्थित सुरक्षा विश्लेषण संस्था सीफोरएडीएसका अनुसार एलिसले सन् २०२३ को अन्त्यतिर निर्देशक पद छाडे पनि कम्पनीको सञ्चालनमा उनको प्रभाव कायम थियो। सिंगापुरका अधिकारीहरूले सन् २०२५ फेब्रुअरीमा मेगास्पिडसँग सम्बन्धित अनुसन्धानका क्रममा उनीमाथि पनि छानबिन गरेका थिए।

यसैबीच, अमेरिकी सांसद जोन मोलिनारले जेन्सेन हुआङ अमेरिकी संसद्का चीनसम्बन्धी विशेष समिति, विदेश मामिला समिति र गुप्तचर समितिसमक्ष बयान दिन सहमत भएको बताएका छन्। उनको बयान बन्द कोठाभित्र हुने बताइएको छ।

Garima Development Bank
Bizshala
IME remit

उता, एलन मस्कसहित केही प्रविधि क्षेत्रका नेताहरूले हुआङलाई पुनः एनभिडियाको प्रमुख बनाउन समर्थन जुटाइरहेका छन्। तर, कम्पनीको आन्तरिक अनुसन्धान जारी रहेकाले उनको पुनरागमनको सम्भावना निकै कम रहेको बीबीसीले जनाएको छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने एनभिडियाको आगामी प्रमुख कार्यकारी कम्पनीबाहिरबाट नियुक्त गर्नुपर्ने धारणा राखेका छन्। उता, चीनले एलिस जासुस भएको आरोप अस्वीकार गर्दै यो प्रकरणलाई एआई प्रविधिमा नाकाबन्दी लगाउने बहानाका रूपमा प्रयोग नगर्न अमेरिकालाई चेतावनी दिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.