काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ८ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.०४ रुपैयाँ र बिक्रीदर १३३.६४ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.५२ रुपैयाँ र बिक्रीदर १४५.१७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.९२ रुपैयाँ र बिक्रीदर १६९.६८ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.९५ रुपैयाँ र बिक्रीदर ८९.३५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.५४ रुपैयाँ र बिक्रीदर ८.५८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२२ रुपैयाँ र बिक्रीदर ३६.३८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४० रुपैयाँ र बिक्रीदर १८.४८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.४० रुपैयाँ र बिक्रीदर २८.५३ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.४९ रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७८ रुपैयाँ र बिक्रीदर ९.८३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३३.५२ रुपैयाँ र बिक्रीदर ४३५.४८ रुपैयाँ कायम भएको छ ।