काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ९ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ र बिक्रीदर १३३.६० रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.५० रुपैयाँ र बिक्रीदर १४५.१६ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.१२ रुपैयाँ र बिक्रीदर १६९.८८ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.७४ रुपैयाँ र बिक्रीदर ८९.१४ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.५१ रुपैयाँ र बिक्रीदर ८.५५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२१ रुपैयाँ र बिक्रीदर ३६.३७ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३८ रुपैयाँ र बिक्रीदर १८.४६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.३४ रुपैयाँ र बिक्रीदर २८.४७ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.४८ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७६ रुपैयाँ र बिक्रीदर ९.८० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३३.४१ रुपैयाँ र बिक्रीदर ४३५.३६ रुपैयाँ कायम भएको छ ।