काठमाण्डौ । सिटिजन बैंक इन्टरनेसनल लिमिटेड र पर्पल हेज रक बार बीच सिटिजन बैंकका ग्राहकहरुलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा हस्ताक्षर भएपश्चात बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरुले पर्पल हेज बारमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्नेछन् । यसप्रकारको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।
पर्पल हेज रक बार काठमाण्डौको ठमेलमा अवस्थित छ ।
सिटिजन बैंकले देशभर फैलिएका आफ्ना १९० वटा शाखा कार्यालय, १५२ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाईहरुबाट १७ लाख ७ हजार ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।