काठमाण्डौ । जापानको सेयर बजार विगत ४ वर्षदेखि निरन्तर बुलिस यात्रामा चलेको छ । सन् २०२० को अप्रिल १ तारिखमा जापानको सेयर बजार निक्की २२५ १६ हजार ७३४ विन्दुमा रहेको थियो । त्यसयता निरन्तर बढेको निक्की २२५ आज यो समाचार तयार पार्दासम्म १।२६ प्रतिशत अर्थात ४८६ अंकले बढेर ३९ हजार १०३ विन्दुमा पुगेको छ ।
सन् १९८९ मा ३९ हजारको विन्दुमा पुगेको निक्की इन्डेक्स त्यसपछि लगातार खसेर करिब २० वर्ष वियरिस ट्रेण्डमा चलेर ७ हजारसम्म आएको थियो । त्यसपछि सन् २००९ बाट भने जापानको निक्की २२५ हालसम्म पनि बुलिस यात्रामा चलिरहेको छ । निक्की २२५ गत मार्चमा अहिलेसम्मकै उच्च विन्दु अर्थात ४० हजार ८०५ सम्म पुगेको थियो ।
त्यसपछि भने जापानको बजारमा केही अंकको करेक्नस आएर आज पनि ३९ हजारमाथि कारोबार भएको छ । दोस्रो विश्व युद्ध पछि जापानमा उत्पादनमा क्रमिक सुधार आएकाले सेयर बजारमा पनि सुधार आएको अन्तराष्ट्रिय मिडियाले बताएका छन् ।