मंगलवार, कार्तिक ३,२०८३ 01:34:11
  • मंगलवार, कार्तिक ३,२०८३ 01:34:11
Global IME Bank Limited

प्रभु इन्स्योरेन्सले ३९.१७% ले बढायो कर्मचारी बोनस, तलब समेत २५.८२% वृद्धि

Bizshala
प्रभु इन्स्योरेन्सले ३९.१७% ले बढायो कर्मचारी बोनस, तलब समेत २५.८२% वृद्धि
New Office

काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारी सुविधाका लागि कुल १९ करोड रुपैयाँ भन्दा बढी रकम छुट्याएको छ । कम्पनीले गत आर्थिक वर्षमा कर्मचारी सुविधाका लागि १९ करोड २० लाख रुपैयाँ खर्च गरेको हो । कर्मचारी सेवा सुविधाका लागि खर्च गरेको उक्त रकम अघिल्लो आवको तुलनामा ३९.१७ प्रतिशतले बढी हो । 

अघिल्लो आवमा कम्पनीले कर्मचारी सेवा सुविधाका लागि १३ करोड ७९ लाख रुपैयाँ मात्रै छुट्याएको थियो । कम्पनीले सर्वाधिक कर्मचारी बोनस बढाएको छ । अघिल्लो आवमा २ करोड २६ लाख रुपैयाँ कर्मचारीलाई बोनस बाँडेकोमा कम्पनीले गत आवमा भने ३९.१६ प्रतिशतले बढाएर ३ करोड १४ लाख रुपैयाँ बोनस वितरण गरेको छ । 

त्यस्तै, कम्पनीले कर्मचारीको तलब पनि २५.८२ प्रतिशतले बृद्धि गरेको छ । गत आवमा कम्पनीले कर्मचारीहरुलाई ८ करोड २७ लाख रुपैयाँ तलब बाँडेर खर्च गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ६ करोड ५७ लाख रुपैयाँ कर्मचारीको तलबमा खर्च गरेको थियो । साथै कम्पनीले चाडपर्व वा सामान्य भत्ताबापत गत आवमा ३ करोड १ लाख रुपैयाँ खर्च गरेको छ । जुन यो अघिल्लो आवको तुलनामा १३.८२ प्रतिशतले बढी हो । 

 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अघिल्लो आवमा कम्पनीले यस्तो शिर्षकमा २ करोड ६४ लाख रुपैयाँ खर्च गरेको थियो । यसका साथै सामाजिक सुरक्षा कोषमा ६९ लाख रुपैयाँ तथा कर्मचारी सञ्चय कोषका लागि कम्पनीले १ करोड ५० लाख रुपैयाँ खर्च गरेको छ । त्यस्तै, बिदा वापत पाउने भत्ताका लागि १ करोड ५९ लाख रुपैयाँ, तालिमका लागि ९ लाख रुपैयाँ, कर्मचारी युनिफर्मका लागि २० लाख रुपैयाँ, कर्मचारीको बीमाका लागि ४ लाख रुपैयाँ र स्टाफ वेलफेयरका लागि ७ लाख रुपैयाँ गरी कर्मचारीको सुविधाका लागि १९ करोड भन्दा बढी रकम खर्च गरेको छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.