काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ११ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.९६ रुपैयाँ र बिक्रीदर १३३.५६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.१८ रुपैयाँ र बिक्रीदर १४४.८३ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.२९ रुपैयाँ र बिक्रीदर १७०.०६ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.२७ रुपैयाँ र बिक्रीदर ८८.६७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.४९ रुपैयाँ र बिक्रीदर ८.५२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२० रुपैयाँ र बिक्रीदर ३६.३६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३६ रुपैयाँ र बिक्रीदर १८.४५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.२६ रुपैयाँ र बिक्रीदर २८.३९ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.४८ रुपैयाँ र बिक्रीदर ३६.६४ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७६ रुपैयाँ र बिक्रीदर ९.८० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३३.१८ रुपैयाँ र बिक्रीदर ४३५.१३ रुपैयाँ कायम भएको छ ।