सोमबार, असार २,२०८२ 11:05:22
  • सोमबार, असार २,२०८२ 11:05:22
Global IME Bank Limited

जीडीपीमा वित्तीय तथा बीमा क्षेत्रको योगदान ६.८२% रहने अनुमान

Hyundai Nepal
जीडीपीमा वित्तीय तथा बीमा क्षेत्रको योगदान ६.८२% रहने अनुमान
Nabil Bank Limited

काठमाण्डौ । सरकारले संघीय संसद प्रतिनिधिसभाको बैठकमा चालु आर्थिक वर्षको आठ महिनासम्मको आर्थिक सर्वेक्षण पेश गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आव २०८०/८१ को फागुन महिनासम्मको आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।  

सर्वेक्षणमा चालु आर्थिक वर्षमा बीमा तथा वित्तीय क्षेत्रको कुल मूल्य अभिवृद्धि बढ्ने अनुमान गरिएको छ । बैंक तथा वित्तीय संस्थाको सेवा शुल्क बापत प्राप्त आम्दानीमा भएको बृद्धिका कारण चालु आवमा सो क्षेत्रको मूल्य अभिवृद्धि बढ्ने अनुमान गरिएको हो ।  

गत आर्थिक वर्ष बैंक वित्तीय संस्था तथा बीमा क्षेत्रको कुल मूल्य अभिवृद्धि ७.२७ प्रतिशतले बढेकोमा चालु आर्थिक वर्ष ७.८० प्रतिशतले अनुमान गरिएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा यस क्षेत्रको योगदान ७.०४ प्रतिशत रहेकोमा चालु आवमा ६.८२ प्रतिशत रहने अनुमान गरिएको सर्वेक्षणमा उल्लेख छ । पछिल्लो दशक जीडीपीमा यस क्षेत्रको योगदान वार्षिक औसत ६।२१ प्रतिशत र वृद्धिदर ७७ प्रतिशत रहेको छ ।  

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वित्तीय तथा बीमा क्षेत्रको योगदान ०.८३ अंकले घट्ने अनुमान गरिएको छ । बीमा कम्पनीहरुको व्यवसाय राम्रै देखिएपनि चालु आवमा बैंकहरुमा बढ्दो खराब कर्जा अनुपातले गर्दा व्यवसायमा धक्का लागेको छ । यसर्थ चालु आवमा कुल गार्हस्थ्य उत्पादनमा वित्तीय क्षेत्रको योगदान गत आवको तुलनामा कम हुने अनुमान गरिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.