सोमबार, असार २,२०८२ 01:47:18
  • सोमबार, असार २,२०८२ 01:47:18
Global IME Bank Limited

चिरख्वा हाईड्रोपावर १२.४१ लाख घाटामा, कस्तो छ अन्य वित्तीय अवस्था ?

Hyundai Nepal
चिरख्वा हाईड्रोपावर १२.४१ लाख घाटामा, कस्तो छ अन्य वित्तीय अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । चिरख्वा हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले समीक्षा अवधिसम्ममा १२ लाख ४१ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । 

यस त्रैमासिक अवधिमा कम्पनीको विद्युत उत्पादन बिक्री सुरु नभएकाले कम्पनीले विद्युत बिक्रीमार्फत कुनै पनि आम्दानी गरेको छैन । यो अवधिसम्म कम्पनीको कर्मचारी खर्च ५ लाख १४ हजार रुपैयाँ र प्रशासनिक खर्च ७ लाख २६ हजार रुपैयाँ रहेको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ४७ लाख ५ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति ३ करोड ८८ लाख र कुल चालु दायित्व १७ करोड १४ लाख रुपेयाँ रहेको छ । 

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.३१ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९८.८२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २७८.६८ रुपैयाँ,मूल्य आम्दानी अनुपात १ हजार ७४३.९४ गुणा ऋणात्मक र तरलता अनुपात ०.२३ प्रतिशत कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.