काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ १५ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.७२ रुपैयाँ र बिक्रीदर १३३.३२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.१३ रुपैयाँ र बिक्रीदर १४४.७९ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.२८ रुपैयाँ र बिक्रीदर १७०.०५ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.२१ रुपैयाँ र बिक्रीदर ८८.६० रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.४६ रुपैयाँ र बिक्रीदर ८.५० रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.१३ रुपैयाँ र बिक्रीदर ३६.३० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३२ रुपैयाँ र बिक्रीदर १८.४० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.२६ रुपैयाँ र बिक्रीदर २८.३८ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.४१ रुपैयाँ र बिक्रीदर ३६.५८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७५ रुपैयाँ र बिक्रीदर ९.७९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३२.४८ रुपैयाँ र बिक्रीदर ४३४.४४ रुपैयाँ कायम भएको छ ।