काठमाण्डौ। आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा बिष्णु मणि गौतम चयन भएका छन् । संस्थाको जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले गौतमलाई अध्यक्षमा सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो । सोहि बैठकले गौतमको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति समेत चयन गरेको छ ।
सञ्चालक समिति सदस्यमा संस्थापक समूहको तर्फबाट कविता पोख्रेल, विमल डंगोल, नारायण प्रसाद घिमिरे र हेमन्त पौडेल चयन भएका छन् । साथै, विजय कुमार क्षेत्री स्वतन्त्र सञ्चालकको रुपमा चयन भएका छन् भने अविनास सिलवाल सर्वसाधारण समूहबाट सञ्चालकमा छन् ।