मंगलवार, आश्विन १३,२०८३ 07:11:14
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:11:14
Bizshala
Global IME Bank Limited

युनिलिभरको सेयरमा हारालुछ, बजार खुलेको केही मिनेटमै अपर सर्किट

Bizshala
युनिलिभरको सेयरमा हारालुछ, बजार खुलेको केही मिनेटमै अपर सर्किट
New Office

काठमाण्डौ । बुधबार कारोबार सुरु भएको ५ मिनेटमै युनिलिभर नेपाल लिमीटेडको सेयरमूल्यमा अपर सर्किट लेभलमा पुगेको छ । त्यसको केही मिनेटमा मूल्य १० प्रतिशतले बढेपछि पोजिटिभ सर्किट लागेको छ ।  

कम्पनीले हिजो मात्रै आफ्नो अधिकृत पूँजी ३० करोडलाई बढाएर २ अर्ब १४ करोड पुर्याउने सार्वजनिक घोषणा गरेको थियो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अधिकृतपूँजीसँगै कम्पनीले चुक्तापूँजी पनि बढाउन खोजेको र यो क्रममा बोनस सेयर दिनसक्ने आँकलनमा लगानीकर्ताले युनिलिभरको सेयरमा बजार खुलेदेखि नै हारालुछ गरेपछि मूल्यमा अपर सर्किट लागेको हो ।   

योसँगै युनिलिभरको सेयरमूल्य प्रतिकित्ता ४३ हजार २८५ रुपैयाँको उचाईमा पुगेको छ ।  

युनिलिभर नेपालको सेयर बजारमा सबैभन्दा बढी सेयरमूल्य भएको कम्पनी समेत हो । यो कम्पनीको दोश्रो बजारमा सेयरमूल्य प्रतिकित्ता ४५ हजार रुपैयाँभन्दा माथि पुगिसकेको छ ।  

दोश्रो बजारमा यो कम्पनीको कुल ९ लाख २० हजार ७०० कित्ता सेयर सूचीकृत छन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.