आईतवार, असार २२,२०८२ 05:54:25
  • आईतवार, असार २२,२०८२ 05:54:25
Global IME Bank Limited

किन घट्यो आज बजार ? डाउ थेउरी र इलिअट वेभमा अबको बजार कतातर्फ ?

Hyundai Nepal
किन घट्यो आज बजार ? डाउ थेउरी र  इलिअट वेभमा अबको बजार कतातर्फ ?
Nabil Bank Limited

काठमाण्डौ । बजेट पछि अधिकांश सेयर लगानीकर्ता सकारात्मक रहँदा पनि आज बजार करिब २४ अंकले घटेर बन्द भयो । आज दोस्रो बजारमा दिनभरको कारोबारमा ६७ अंकको उत्तारचढाव आयो । अघिल्लो दिनको तुलनामा बजार घट्दा आज कारोबार भने बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बजार घट्नुका केही आधारहरु देखिन्छन् ।  

पहिलो कारण भनेको नेप्से पछिल्लोपटकको न्यून विन्दुबाट करिब १६५ अंक भन्दा बढी बढेर बोलिङ्गर ब्याण्डको अपर ब्याण्डमा वियरिस इन्गल्फिङ क्याण्डल बनेको थियो । त्यसै गरि अर्को कारण भनेको बजार आरएसआईमा ओभर बट जोन ७५ को तहमा पुगिसेकेको थियो ।  

त्यसैगरि, बजारलाई इलिअट वेभ र फिवोनासीमार्फत नियाल्दा पनि बजारमा स्वभाविक करेक्सन देखिन्छ ।  इलिअट वेभमा सानो डिग्रीमार्फत हेर्दा यो साता वेभ ३ सकिएर वेभ ४ चलेको देखिन्छ । यो भनेको फिवोनसीको ०.३८ प्रतिशतसम्म पनि रिटेष्ट गर्न आउन सक्छ । जुन २०७५ सम्म पनि हुन सक्छ ।

CG Motors
Muktinath Bikas Bank Limited

चौथो वेभ प्राय ०.३८ देखि ०.५ प्रतिशतसम्म करेक्सन हुन सक्ने भएकोले हालको करेक्सन अधिकमा २०५० सम्म हुन सक्ने देखिन्छ ।  

त्यसैगरि, डाउ थेउरीमार्फत नियाल्दा पनि बजारले एउटा हायर हाई बनाए पछि अर्को हायर लो बनाउन खसको हुन सक्छ । यस कारण प्राविधिक रुपमा आजको करेक्सन स्वभाबिक रुपमा नाफा बुकको करेक्नस देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.