आईतवार, असार २२,२०८२ 10:35:21
  • आईतवार, असार २२,२०८२ 10:35:21
Global IME Bank Limited

युनिलिभर नेपालको सेयरमूल्य किर्तीमानी उचाईमा, डेढ वर्षमा २.६१ गुणाले वृद्धि

Hyundai Nepal
युनिलिभर नेपालको सेयरमूल्य किर्तीमानी उचाईमा, डेढ वर्षमा २.६१ गुणाले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । युनिलिभर नेपालको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्ने क्रम आज पनि जारी रहेको छ । आज पनि कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।  

योसँगे कम्पनीको सेयरमूल्य लगातार दुई दिन १० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो दिन पनि कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको वृद्धिका साथ पोजेटिभ सर्किट लागेको थियो ।  

आज कम्पनीले प्रतिकित्ता सेयरमूल्य ४४ हजार १५० रुपैयाका साथ कारोबारको थालनी गरेको थियो । कारोबार खुलेसँगै कम्पनीको सेयरमूल्यमा तीव्र वृद्धि देखिएको थियो । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४ हजार ३२८ रुपैयाँ अर्थात १० प्रतिशतले वृद्धि हुँदै प्रतिकित्ता ४७ हजार ६१४ रुपैयाँ पुगेको छ । यो मूल्य कम्पनीको हालसम्मकै उच्च हो । कम्पनीको ५२ हप्ताको उच्च मूल्य प्रतिकित्ता ४५ हजार १५१ रुपैयाँ र न्यून मूल्य प्रतिकित्ता ३० हजार रुपैयाँ रहेको छ ।  

कम्पनीको सेयरमूल्य २०२३ को जनवरीमा प्रतिकित्ता १८ हजार रुपैयाँ थियो । यस हिसाबले कम्पनीको सेयरमूल्य डेढ वर्षको अन्तरालमा २.६१ गुणाले बढेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

नेपालको सेयर बजारमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै प्रतिकित्ता मूल्य भएको युनिलिभरले गत मंगलबार आफ्नो अधिकृत पूँजी ३० करोड रुपैयाँबाट बढाएर २ अर्ब १४ करोड रुपैयाँ  पुर्याएको थियो ।  

कम्पनीको यो निर्णयको प्रभाव स्वरुप कम्पनीको सेयरमूल्य निरन्तर उकालो लागिरेहेको छ । अधिकृतपूँजीसँगै कम्पनीले चुक्तापूँजी पनि बढाउन खोजेको र यो क्रममा बोनस सेयर दिनसक्ने आँकलनका साथ लगानीकर्ता युनिलिभरप्रति आकर्षित भएका छन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.