मंगलवार, आश्विन १३,२०८३ 09:27:13
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:27:13
Bizshala
Global IME Bank Limited

समता घरेलु लघुवित्तको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

Bizshala
समता घरेलु लघुवित्तको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
New Office

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  

संस्थाले गत चैत २९ गते सम्पन्न १० औँ वार्षिक साधारण सभाबाट पारित भएको ५.४२२२ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाइएको संस्थाले जनाएको छ।  

संस्थाका अनुसार गत चैत १८ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा उक्त बोनस सेयर जम्मा गरिएको हो । उक्त मितिपश्चात सेयर अभौतिकीकरण गराएकाको हकमा भने क्रमशःउक्त बोनस सेयर जम्मा हुने व्यवस्था गरिएको संस्थाले उल्लेख गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चैत १८ गतेसम्म सेयर धितो राखी कर्जा लिएका सेयरधनीहरुलाई भने बोनस सेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई सेयरधनीहरुको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न सेयरधनीहरुलाई संस्थाले आग्रह गरेको छ।  

उक्त मितिपश्चात रोक्का राखिएका सेयरधनीहरुको बोनस सेयर सेयरधनीको हितग्राही खातामा रोक्का नजनाई जम्मा हुने हुँदा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले उक्त सेयरधनीहरुको सेयर रोक्कामा रहेको वा नरहेको यकिन गरी रोक्कामा राख्नुपर्ने भए बोनस सेयरसमेत रोक्कामा राख्नेतर्फ आवश्यक प्रक्रिया अगाडि गर्नुपर्ने संस्थाले आग्रह गरेको छ। 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.