काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २१ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.२५ रुपैयाँ र बिक्रीदर १३३.८५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.४८ रुपैयाँ र बिक्रीदर १४५.१३ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.७९ रुपैयाँ र बिक्रीदर १७०.५६ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.६५ रुपैयाँ र बिक्रीदर ८९.०५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.४७ रुपैयाँ र बिक्रीदर ८.५१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२८ रुपैयाँ र बिक्रीदर ३६.४४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.४० रुपैयाँ र बिक्रीदर १८.४८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.३१ रुपैयाँ र बिक्रीदर २८.४४ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५६ रुपैयाँ र बिक्रीदर ३६.७२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६३ रुपैयाँ र बिक्रीदर ९.६८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३४.२४ रुपैयाँ र बिक्रीदर ४३६.१९ रुपैयाँ कायम भएको छ ।