काठमाण्डौ । चुनावको नतिजा सार्वजनिक हुनुअघि भारतीय सेयर बजारमा उछाल आएको छ । लोकसभा निर्वाचनको नतिजा आउनु्अघि सेन्सेक्स,निफ्टी र बैंक निफ्टी नयाँ रेकर्ड विन्दुमा पुगेर बन्द भएका छन् ।
आज भारतको सेयर बजारमा दिनभर जसो वृद्धि देखिएको थियो । आज सेन्सेक्स पहिलोपटक ७६ हजार ४ सय विन्दुमा पुगेको छ । त्यस्तै बैंक निफ्टी करीब ५१ हजार विन्दुमा बन्द भएको छ । निफ्टी पनि आज अल टाइम हाईको विन्दुमा पुगेको छ । आज निफ्टी इन्डेक्स २३ हजार ३३८ विन्दुमा पुगेको छ । इन्ट्रा डेमा आज सेन्सेक्सले पनि ७६ हजार ७३८ विन्दु छोएको थियो । जुन अहिलेसम्मकै उच्च हो ।
आज निफ्टी इन्डेक्स ७३३ अंकले बढेर २३ हजार २६३ विन्दुमा बन्द भयो ।
आज बिहानको सुरुवाति सत्रमा निफ्टी र सेन्सेक्स नयाँ रेकर्ड हाईमा खुलेका थिए । आजको वृद्धिसँगे बीएसईमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण ५.१ लाख करोड डलर पुगेको छ ।