काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २२ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.७४ रुपैयाँ र बिक्रीदर १३३.३४ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.९२ रुपैयाँ र बिक्रीदर १४४.५७ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६८.९९ रुपैयाँ र बिक्रीदर १६९.७६ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.३३ रुपैयाँ र बिक्रीदर ८८.७३ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.४७ रुपैयाँ र बिक्रीदर ८.५१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.१४ रुपैयाँ र बिक्रीदर ३६.३० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३२ रुपैयाँ र बिक्रीदर १८.४० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.२० रुपैयाँ र बिक्रीदर २८.३३ रुपैयाँ एक कतारी रियालको खरिददर ३५.३९ रुपैयाँ र बिक्रीदर ३५.५५ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६४ रुपैयाँ र बिक्रीदर ९.६९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३२.८४ रुपैयाँ र बिक्रीदर ४३४.८० रुपैयाँ कायम भएको छ ।