शुक्रबार, बैशाख ४,२०८३ 05:21:43
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 05:21:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नआएसम्म आईपीओ निष्कासनको प्रक्रिया अघि नबढ्ने

Bizshala
धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नआएसम्म आईपीओ निष्कासनको प्रक्रिया अघि नबढ्ने
Shivam Cement

काठमाण्डौं । आईपीओ निष्कासनको प्रक्रिया तत्कालै अघि नबढ्ने देखिएको छ । अर्थमन्त्रालयले धितोपत्र बोर्डको अध्यक्षको रुपमा नियुक्त गरेका नरेन्द्र कुमार राना आईपीओ निष्कासन प्रक्रियामा अनिच्छुक देखिएकाले प्राथमिक निष्कासनको प्रक्रिया तत्कालै अघि नबढ्ने देखिएको हो ।  

नेपाल सरकारले हाल धितोपत्र बोर्डमा अध्यक्षको रुपमा नरेन्द्र कुमार रानालाई अध्यक्षको रुपमा पठाएको छ । रानाले कार्यभार सम्हालेको २ साता भन्दा बढी समय भईसकेको छ । कार्यभार सम्हालेसँगै राना हप्तामा २÷३ दिन बोर्डमा आँउने गरेका छन् । उनले धितोपत्र बोर्डमा सबै काम कारबाही अगाडी बढाउन पनि निर्देशन दिएका छन् ।  

तर आईपीओ निष्कासनको काम भने तत्कालै अघि बढाउने मनसायमा राना नभएको धितोपत्रस्थित स्रोतले जानकारी दिएको छ । बोर्डमा छिट्टै सरकारले नयाँ अध्यक्ष नियुक्ती गरेर पठाउँदै छ । सम्भवतःअसार महिना भित्रै धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्त हुन सक्ने रानाले बोर्डमा बताएका छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यही कारण अहिले राना आईपीओ निष्कासन जस्ता अन्य देखिने काम गर्न तयार देखिदैनन् । राना कुनै पनि पत्रकारललाई भेट्न पनि अनिच्छुक रहेको स्रोतले बताएको छ । स्रोतले भन्छ,‘उहाँले  कसैलाई नभेट्ने भन्नु भएको छ । उहाँले अर्थमन्त्रालयको पनि काम गर्नु पर्छ । धितोपत्र बोर्डमा नियमित रुपमा आउन पनि सक्नु हुन्न । अध्यक्षको नै जिम्मेबारी भएता पनि बोर्ड अध्यक्षले जसरी धितोपत्र बोर्डमै बसेर उहाँले काम गर्नु भएको पनि छैन ।’

धितोपत्र बोर्डमा अहिले नियमित काम बाहेक अन्य कुनै काम अगाडी बढेको छैन । हाल सेबोनमा ३५ वटा कम्पनीको २८ अर्ब रुपैयाँ भन्दा बढीका आईपीओ निष्कासन प्रकृयामा रहेको छ । लामो समयदेखि आईपीओ निष्कासन प्रक्रिया अवरुद्ध हुँदा लगानीकर्ताका साथै कम्पनीहरु पनि प्रभावित बनेका छन् । यसले सर्वसाधारणमा आईपीओ जारी गरेर कम्पनीको वृद्धि विकासका लागि पूँजी जुटाउने योजना बनाएका कम्पनीहरुको योजना प्रभावित बनेको छ । साथै, आईपीओ भरेर केहि आर्जन गर्दै आएका साना लगानीकर्ता समेत प्रभावित बनेका छन् ।  

कम्पनीको धितोपत्र बोर्डको अध्यक्ष छनौटको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीन बहादूर श्रेष्ठको नेतृत्वको  कमिटिले ५ जनाको नाम सिफारिस गरेको छ । जसअन्तगर्त धितोपत्र बोर्ड भित्रैबाट डा .नबराज अधिकारी , मुक्तिनाथ श्रेष्ठ ,  नेप्सेका सीईओ कृष्ण बहादूर कार्की , सन्तोष नारायण श्रेष्ठ र चिरञ्जिबी चाँपागाईको नाम समितिले सिफारिस गरेको छ । तर कमिटिले ५ जनालाई आफ्नो कार्यपत्र पेश गर्न भने हालसम्म पनि बोलाउन सकेको छैन ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.