काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति ताकेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि आगामी माघ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसर्थ, माघ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यो हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
कम्पनीले ५० प्रतिशत अर्थात १ः०.५० अनुपातमा रु१०० अंकति दरका कुल ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ ।
कम्पनीले तल्लो बलेफी जलविद्युत आयोजना निर्माण र आयोजनामा स्वपुँजी व्यवस्थापन गर्न हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ । ।हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ छ । हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ पुग्नेछ ।