काठमाण्डौ । अनलाइन किनमेल गन्तव्य, दराज नेपालले ‘मिड–इयर सेल ६.६’ कोे घोषणा गरेको छ । योजनाअन्तर्गत ६.६ मिड–इयर सेलमार्फत उपभोक्ताले ७०% सम्मको आकर्षक छुट, निःशुल्क डेलिभरी, रु. २ करोड बराबरको मेगा भौचरलगायतका अफरहरु प्राप्त गर्न सक्नेछन् ।
दराज ६.६ मिड–इयर सेल जुन ६ (जेठ २४, २०८१)देखि जुन १२ (जेठ ३०, २०८१) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।
दराज ६.६ मिड–इयर सेल को प्रमुख आकर्षणका रुपमा, विभिन्न विक्रेतामार्फत खरीदकर्ताले अफर दिइएका सामग्रीहरुको खरिदका लागि न्यूनतम रु.४९९ खर्च गरेपश्चात निःशुल्क होम डेलिभरी सुविधा लिन सक्नेछन् । कम्पनीका अनुसार दराज एपको होमपेजमा रहेको ‘“फ्री डेलिभरी ब्यानरमा क्लिक गरी भौचरहरु संकलन गर्ने सुविधा पनि उपलब्ध हुनेछ । साथै, सबै मेगा डिलमा समाविष्ट उत्पादनहरूमा कुनै न्यूनतम खर्च सिमा बिना पनि निःशुल्क डेलिभरीको सुविधा लागू हुनेछन् ।
उपभोक्ताहरुको शपिंग अनुभवलाई अझ सन्तोषजनक बनाउने उदेश्यका साथ दराजले भर्खरै ‘बेष्ट प्राइस ग्यारेन्टी’ कार्यक्रम पनि सार्वजनिक गरेको छ । कार्यक्रमअन्तर्गत उपभोक्ताले ‘बेष्ट प्राइस (उत्तममूल्य) ट्याग’का साथ बिक्रिका लागि राखिएका उत्पादनहरू बजारका तुलनामा सर्वाधिक सस्तो मुल्यमाखरिद गर्न सक्नेछन् ।
६.६ मिड–इयरसेलको अवधीभर यदि खरिदकर्ताले नेपालकै अन्य अनलाइन प्ल्याटफर्म मार्फत दराजले ‘बेष्ट प्राइस ट्याग’उपलब्ध गराएको सामग्री, सो भन्दा सस्तो मूल्यमा फेला पार्न सके र दावी मान्य भएमा खरिदकर्ताले निर्धारित मुल्यको ५ गुणा रकम फिर्ता पाउनेछन् ।