काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २४ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१० रुपैयाँ र बिक्रीदर १३३.७० रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४४.५९ रुपैयाँ र बिक्रीदर १४५.२४ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १७० रुपैयाँ र बिक्रीदर १७०.७६ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.४३ रुपैयाँ र बिक्रीदर ८८.८३ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.५२ रुपैयाँ र बिक्रीदर ८.५६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.२४ रुपैयाँ र बिक्रीदर ३६.४० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३७ रुपैयाँ र बिक्रीदर १८.४५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.३३ रुपैयाँ र बिक्रीदर २८.४६ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५१ रुपैयाँ र बिक्रीदर ३६.६७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६९ रुपैयाँ र बिक्रीदर ९.७४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३४.३६ रुपैयाँ र बिक्रीदर ४३६.३१ रुपैयाँ कायम भएको छ ।