काठमाण्डौ । बोटलर्स नेपाल(तराई) लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत पुस २७ गते सम्पन्न ३७ औँ वार्षिक साधारण सभाबाट पारित ६० प्रतिशत नगद लाभांस पुस २९ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको जनाएको हो ।
हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा गरिएको कम्पनीले जनाएको छ। भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ।
कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीहरुलाई ६० प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                