काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको सञ्चालकमा दुई जना नियुक्त भएका छन् । जेठ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमाा दुई जनालाई नियुक्त गरेको हो ।
कम्पनीको सञ्चालक समितिको सञ्चालकमा नियुक्त हुनेमा शाश्वत चालिसे र मधुसुदन कोइराला रहेका छन् ।
दुवै जनालाई कम्पनी ऐन २०६३ को दफा ८७ उपदफा २ ले सञ्चालक समितिलाई प्रदान गरेको अधिकारको प्रयोग र कम्पनीको नियमावलीमा भएको व्यवस्था बमोजिम दक्षता तथा अनुभवको आधारमा सञ्चालक पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।