काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ २९ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३२ रुपैयाँ र बिक्रीदर १३३.९२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.२७ रुपैयाँ र बिक्रीदर १४३.९१ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.४२ रुपैयाँ र बिक्रीदर १७०.१९ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.८८ रुपैयाँ र बिक्रीदर ८८.२७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.५० रुपैयाँ र बिक्रीदर ८.५४ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३० रुपैयाँ र बिक्रीदर ३६.४६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३९ रुपैयाँ र बिक्रीदर १८.४८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.२४ रुपैयाँ र बिक्रीदर २८.३७ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५६ रुपैयाँ र बिक्रीदर ३६.७३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६९ रुपैयाँ र बिक्रीदर ९.७३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३४.५५ रुपैयाँ र बिक्रीदर ४३६.५१ रुपैयाँ कायम भएको छ ।