सोमबार, असार २,२०८२ 03:51:51
  • सोमबार, असार २,२०८२ 03:51:51
Global IME Bank Limited

एनआईसी एशिया क्यापिटलसँग पेरेजियम क्यापिटलको सहकार्य, नेपाली कम्पनीलाई के फाइदा हुन्छ ?

Hyundai Nepal
एनआईसी एशिया क्यापिटलसँग पेरेजियम क्यापिटलको सहकार्य, नेपाली कम्पनीलाई के फाइदा हुन्छ ?
Nabil Bank Limited

काठमाण्डौ । एनआइसी एशिया क्यापिटल लिमिटेडले पेरिजियम क्यापिटल मौरिसससँग रणनीतिक साझेदारी गरेको छ ।  

कम्पनीले नेपाली व्यवसायी तथा उद्यमहरुको विकास र विस्तारको लागि पेरिजियम क्यापिटलसँग सहकार्य गरेको हो ।  

यो साझेदारीबाट नेपालको व्यापार तथा इको–सिस्टममा ठूलो कोसेढुङ्गा खडा गर्ने कम्पनीका प्रमुख संचालक अधिकृत (सीओओ) प्रज्ञरत्न शाक्यले विश्वास ब्यक्त गरेका छन् ।  

साथै उक्त साझेदारीले नेपाली कम्पनी तथा उद्योगहरुको नेपालको सीमानाबाहिर रहेका विदेशी स्टक एक्सचेञ्जहरुमा अन्तर्राष्ट्रिय सूचीकरण र विदेशी पुँजीमा पहुँच प्रदान गर्ने शाक्यले बताए ।  

यसका साथै नेपाली संस्थाहरुको लागि विदेशी दर्ताको प्रक्रियालाई प्रारम्भ र सहजीकरण गर्न एनआइसी एशिया क्यापिटलको भूमिका रहने उनले बताए । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनका अनुसार क्यापिटलले मौरिसस र मेना रिजन(मिडल ईस्ट र नर्थ अफ्रिका)मा विदेशी पुँजीमा पहुँच प्रदान गर्न र नेपाली संस्थाहरुको लागि विदेशी दर्ताको प्रक्रियाका लागि सहजीकरण गर्नेछ ।  

यसका साथै उक्त साझेदारीले एनआईसी एशिया क्यापिटलले नेपाली कम्पनी, संस्था तथा उद्यमहरुलाई विश्वव्यापी मञ्चमा फस्टाउनका लागि आवश्यक स्रोतहरु प्रदान गर्न सहयोग गर्नेछ । साथै क्यापिटलले नेपालको व्यापारिक वातावरणको निरन्तर प्रगति र नवीनताका लागि प्रतिबद्धता समेत व्यक्त गरेको छ ।  

नेपाली व्यवसायका लागि वित्तीय सशक्तिकरण प्रवर्द्धन गर्न दुईपक्षबीच समझदारी भएको शाक्यले बताएका छन् ।  

क्यापिटलका अनुसार नेपालमा रहेका कम्पनी तथा संस्थाहरुले विदेशमा गएर कुनै अन्य कम्पनी दर्ता गर्न उक्त साझेदारीले सहजीकरण गर्नेछ ।  

एनआइसी एशिया क्यापिटलले के काम गर्छ ?  

एनआईसी एशिया क्यापिटल एनआईसी एशिया बैंकको सहायक कम्पनी हो । मर्चेण्ट बैकिङ्ग गतिविधिहरु सञ्चालन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र पाएर क्यापिटल सञ्चालनमा आएको हो ।  

क्यापिटलले सेयर रजिष्ट्रार, इस्यु म्यानेजमेन्ट र अण्डरराईटिङ, डिपोजिटरी पार्टनर र पोर्टफोलियो व्यवस्थापन जस्ता कार्यहरु गर्दै आइरहेको छ । कम्पनीले नेपालको अग्रणी लगानी तथा मर्चेण्ट बैंक बन्ने उद्देश्य लिएको छ ।  

पेरिजियम क्यापिटलसँगको सहकार्य  अन्तर्गत क्यापिटलले नेपाली संस्था तथा कम्पनीहरुलाई वैदेशिक लगानी तथा पुँजी पहुँच प्रदान गर्नका लागि सहजीकरण गर्नेछ ।  

यसका साथै नेपाली व्यवसायी तथा कम्पनीहरुलाई मौरिसस र मेना रिजन (मिडल ईस्ट र नर्थ अफ्रिका)भित्रका देशहरुमा कम्पनी दर्ता तथा सेयर सूचीकरण गर्नका लागि समेत सहयोग गर्नेछ ।  

के हो पेरिजियम क्यापिटल ?  

पेरिजियम क्यापिटल लिमिटेड वित्तीय सेवा आयोगद्वारा इजाजतपत्र प्राप्त एक बुटीक कर्पोरेट वित्त कम्पनी तथा फर्म हो । यो कम्पनी मौरिससको पुँजी बजारमा एक प्रमुख खेलाडीको रुपमा परिचित छ ।  

साथै कम्पनीसँग पूर्ण सूचीकरण, लिगल एण्ड कम्प्लायन्स डिभिजन र एक कुशल कर्पोरेट सल्लाहकार डिभिजन समेत छ, जसले ग्राहकको इच्चाअनुसारको प्रोफेसनल सुझाव तथा सल्लाह दिनेछ ।  

पेरिजियम क्यापिटलले अफ्रिका र एसियाभरि प्रि–आईपीओ, पोस्ट आईपीओ, एम एण्ड ए कारोबार, पुँजी बृद्धि पहल, कर्पोरेट पुनर्संरचना र ब्रोकरिङ डिल जस्ता कारोबार गर्दै आइरहेको छ । कम्पनीको अफ्रिका लगायत एसियाभरी उत्कृष्ट नेटवर्क छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.