सोमबार, चैत्र १८,२०८१ 06:25:39
IME remit
  • सोमबार, चैत्र १८,२०८१ 06:25:39
IME remit
Global IME Bank Limited

आईफोनको ८ वटा नयाँ फिचर्स लञ्च, यस्ता छन् सुविधा

Hyundai Nepal
आईफोनको ८ वटा नयाँ फिचर्स लञ्च, यस्ता छन् सुविधा
Nabil Bank Limited

काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पलले आफ्नो वार्षिक रुपमा आयोजना हुने‘एप्पल डब्लूडब्लूडीसी’ इभेन्टमा आईओएस अपडेट गर्ने घोषणा गरेको छ । जसमार्फत कम्पनीले एप्पलका डिभाइस प्रयोगकर्ताहरुलाई आगामी दिनमा करिब १ दर्जन फिचर्स अपडेट प्रदान गर्नेछ ।  

कम्पनीले पहिलोपटक एआई फिचर्स लञ्च गरेको छ । जसलाई आईओएस १८ का साथै सबै एप्पल डिभाइसमा रोलआउट गरिनेछ । यसले आईफोन लगायत आईओएसमा आधारित डिभाइस प्रयोग गर्नेहरुको अनुभव परिवर्तन गरिदिनेछ । एप्पले यो नयाँ एआई फिचर्सलाई ‘एप्पल इन्टीलिजेन्स’ नाम दिएको छ ।  

आईफोनले लञ्च गरेका ८ वटा नयाँ फिचर्स यस्ता छन्ः

राईटिङ टुल्स

यो फिचर्सले कुनै पनि स्टोरीलाई पुनःलेख्ने सुविधा प्रदान गर्नेछ । यसका साथै यसले प्रुफ रिड गरेर गल्तीहरु सुधार्ने सुविधा समेत प्रदान गर्नेछ । यसका साथै प्रयोगकर्ताले स्टोरीको टेक्स्टलाई सारांश बनाएर पढ्न सक्नेछन् ।  

यसले बुलेट प्वइन्ट लगाएर स्टोरी पढ्नका लागि अझै राम्रो बनाउनेछ ।  

इमेज प्लेग्राउण्ड  

यो फिचर्सले प्रयोगकर्तालाई फोटो ईडिट गर्ने अप्शन प्रदान गर्नेछ । जसका माध्यमबाट प्रयोगकर्ताले आफ्नो फोटोलाई एनिमेशन जस्ता ईडिट गर्न सक्नेछन् । यसका साथै फोटोलाई इलस्ट्रेटर पनि बनाउन सकिनेछ ।  

यो फिचर्सले फोटोलाई स्क्ेच डिजाइनमा बनाउने सुविधा पनि प्रदान गर्छ ।  

फोटो एप  

यो फिचर्समार्फत प्रयोगकर्ताहरुले फोटो र केहि सामान्य टेक्स्टबाट एउटा उत्तम स्टोरी लेखाउन सक्नेछन् । यसका साथै त्यस स्टोरीका लागि फोटो र भिडियो पनि बनाउन सक्नेछन् ।  

म्याजिक इरेजर

यो टुलको सहायताले प्रयोगकर्ताले आफ्नो फोटोबाट कुनै अनावश्यक ब्याकग्राउण्ड हटाउन सक्नेछन् । यो फिचर्स सामसुङ ग्यालेक्सी एस२४ अल्ट्रामा पनि उपलब्ध छ ।  

Shivam Cement
Bizshala
CG Motors

सिरी अपडेट  

एप्पलले आफ्नो भ्वाइस कमाण्ड फिचर्स सिरीलाई एआईका साथ अपडेट गरेको छ । जसबाट प्रयोगकर्ताले भ्वाइस कमाण्ड दिएर कुनै पनि काम गर्न पहिलेभन्दा अझै सजिलो हुनेछ । यसका साथै फोटोबाट ड्राईभिङ लाइसेन्स सर्च गर्ने जस्तो स्मार्ट टुलको लाभ उठाउन सक्नेछन् ।  

हिडन एप

यो फिचर्सको सहायताले प्रयोगकर्ताहरुले आफ्नो डिभाइसमा केहि महत्वपूर्ण एपहरुलाई हाइड गर्न सक्नेछन् । साथै,फोल्डरलाई समेत हाईड गर्न सक्नेछन् ।  

म्यासेसज सेड्युल

यो फिचर्समा कुनै पनि म्यासेजलाई निश्चित समयमा पोस्ट गर्नका लागि सेड्य्ल गर्ने अप्शन उपलब्ध गराइएको छ । साथे म्यासेजलाई बोल्ड,अन्डरलाइन,इटालिक गर्ने जस्ता अप्शन समेत प्रदान गरिएको छ ।  

एसएमएस अपडेट

एप्पल डिभाइसमा आरसीएस म्यासेज प्रदान गरिने घोषणा गरिएको छ । यसलाई आईफोन १४ तथा त्यसपछिका डिभाइसहरुमा रोलआउट गरिनेछ । आरसीएस अर्थात रिच कम्युनिकेशन सर्भिसेस् लञ्च भएपछि यसको प्रतिस्पर्धा ह्वाट्सएपसँग हुनेछ । किनकी यसमा इन्टरनेट र बिना इन्टरनेट दुवै प्रकारको म्यासेज पठाउन सकिन्छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.