सोमबार, असार २,२०८२ 12:03:07
  • सोमबार, असार २,२०८२ 12:03:07
Global IME Bank Limited

लगातार ८ दिनको साइडवेज पछि बजार २१ सय विन्दु माथि, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?

Hyundai Nepal
लगातार ८ दिनको साइडवेज पछि बजार २१ सय विन्दु माथि, प्राविधिक रुपमा अबको सम्भावना कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । बजेट पछि लगातार खसेको नेप्से आज २१ सय माथि टिकेको छ । पछिल्लो समय बजारलाई भोल्युमले राम्रै साथ दिईरहेको छ । आज पनि बजारमा ५ अर्ब ५५ करोडबरारबको कारोबार भएको छ । प्राविधिक रुपमा आजको बजारलाई डाउ थेउरीमार्फत नियाल्दा बजारले हायर–लो कन्फर्मेसन गरेको छ ।  

तर अहिले नै हायर–हाई बनाइ हालेको अवस्था भने होइन । यदि बजार आगामी कारोबारमा २१३० विन्दुभन्दा माथि टिक्छ भने नयाँ हायर–हाई बन्ने छ । त्यसपछि भने बजारले अघिल्लोपटकको हाई २२ सय देखि २२ सय ५० सम्मको कुनै पनि विन्दु सम्मको यात्रा तय गर्न सक्छ । जसलाई इलिअट वेभबाट नियाल्दा पनि सानो समय अवधिको वेभ ५ हुन जान्छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसको उचाइ पनि २२५० आसपास देखिन्छ । बजारलाई बोलिङ्गर ब्याण्डमार्फत नियाल्दा बजारले मध्य ब्याण्डमा सपोर्ट लिएर अपर ब्याण्डतर्फ आकषिर्त भएको देखिन्छ । म्याक्डीमार्फत हेर्दा केही दिन पहिले बनेको वियरिस क्रसओभर हाल सम्म पनि भ्यालिड नै रहेको छ ।  

तर हिस्टोग्राम फिक्का र छोटा–छेटा हुँदै गएका छन् । आरएसआई न्युट्रल जोन ५० भन्दा माथि टिकेर पुनः ६० भन्दा माथि टिकेको देखिन्छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजारले अप ट्रेन्ड लिँदै गरको देखिन्छ । तर यसको कन्फर्मेसनको लागि भने आगामी कारोबारमा बजारले २१३० भन्दा माथि टिकेर बन्द हुनु पर्नेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.