काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(जेठ ३० गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.४१ रुपैयाँ र बिक्रीदर १३४.०१ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.१९ रुपैयाँ र बिक्रीदर १४३.८३ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६९.९३ रुपैयाँ र बिक्रीदर १७०.७३ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८७.९७ रुपैयाँ र बिक्रीदर ८८.३७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.४९ रुपैयाँ र बिक्रीदर ८.५३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.३२ रुपैयाँ र बिक्रीदर ३६.४८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.३९ रुपैयाँ र बिक्रीदर १८.४७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर २८.२७ रुपैयाँ र बिक्रीदर २८.३९ रुपैयाँ एक कतारी रियालको खरिददर ३६.५९ रुपैयाँ र बिक्रीदर ३६.५७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६८ रुपैयाँ र बिक्रीदर ९.७२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३४.९३ रुपैयाँ र बिक्रीदर ४३६.८८ रुपैयाँ कायम भएको छ ।