सोमबार, भाद्र ९,२०८२ 03:20:58
  • सोमबार, भाद्र ९,२०८२ 03:20:58
Global IME Bank Limited

पूँजी वृद्धि र लगानीकर्ता जुटाउन द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता

Hyundai Nepal
पूँजी वृद्धि र लगानीकर्ता जुटाउन द सेन्चुरियन होटल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता
Shivam Cement

काठमाण्डौ । दर सेन्चुरियन होटल,विराटनगर र नेक्सजेन म्यानेजमेन्टबीच पूँजी वृद्धि, लगानीकर्ता जुटाउने र होटल सञ्चालन सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौता जेठ ३० गते सेन्चुरी ग्रुप अफ कम्पनीको ज्ञानेश्वरस्थित कार्यालयमा भएको हो ।  

सम्झौतापत्रमा सेन्चुरियन होटलको तर्फबाट अध्यक्ष मोतिलाल दुगड र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका थिए ।  

विराटनगर धरान रोडस्थित शरहको केन्द्रविन्दुमा द सेन्चुरियन होटलको १० तल्ले भवन निर्माण सम्पन्न भईसकेको छ । भवनमा व्यवसायिक प्रयोजनका पसलहरु,सभा सम्मेलन,विवाह ब्रतबन्ध,बैंक्वेट हल समेत उपलब्ध हुने जनाइएको छ । सोही भवनको चार तल्लादेखि माथि ५ तारे स्तरको १४६ कोठाको र्याडिसन विराटनगर होटल सञ्चालन हुनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

हाल सञ्चालनका लागि अन्तराष्ट्रिय ब्राण्ड र्याडिसन होटल ग्रुपसँग जुलाई २०२२ मा सम्झौता भईसकेको छ । होटललाई ५ तारे तथा अन्तराष्ट्रिय स्तरको बनाउन र अन्य थप आवश्यक निर्माण र साजसज्जाको लागि थप पूँजी आवश्यक पर्ने भएकाले सोही उदेश्यका लागि कम्पनीको पूँजी वृद्धि गर्न, थप संस्था संस्थापक लगानीकर्ता ल्याउन तथा अन्य आवश्यक व्यवस्था गर्न नेक्सजेन म्यानेजमेन्टसँग  सम्झौता गरिएको हो । साथै, सोही सिलसिलामा कम्पनीको पूँजी वृद्धि गर्न र सर्वसाधारणलाई सेयर निष्कासनको प्रावधान सहित लिमिटेड कम्पनीमा परिणत गर्ने प्रक्रिया पनि अघि बढाईसकिएको छ ।  

नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालि सम्पत्ति व्यवस्थापन र बिजनेस कन्सल्टेन्सी सेवा दिने कम्पनी हो।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.