काठमाण्डौ । भारतको सेयर बजार पुनःनयाँ उचाईमा पुगेको छ । लोकसभा निर्वाचनको मतपरिणाम र नयाँ सरकार गठन भएसँगै भारतको सेयर बजारले दैनिक नयाँ रेकर्ड कायम गरिरहेको छ ।
आज भारतको सेन्सेक्स इन्डेक्स कारोबारको क्रममा ७७ हजार १४५ विन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च हो । साथै आज निफ्टी पनि २३ हजार ४८१ विन्दुमा पुगेको छ ।
आज बजार खुल्नै वित्तीकै सेन्सेक्स इनडेक्स ४०० अंकले बढेर ७७ हजार १४५ विन्दुमा पुगेको हो । निफ्टीमा पनि आज ११८.३५ अंकको बढोत्तरी आएको छ । आजको सुरुवाति कारोबारमा नेस्ले इण्डिया,एचसीएल टेक,इन्फोसिस र विप्रो जस्ता कम्पनीको सेयरमूल्यमा तीव्र वृद्धि देािखएको थियो ।
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर स्थिर राखेकाले त्यसको प्रतिक्रिया स्वरुप भारतीय सेयर बजारमा आज वृद्धि देखिएको भारतीय मिडियाले बताएका छन् । यसका साथै भारतको घट्दो महंगीदर र सुध्रदो अर्थतन्त्रको संकेतको सकारात्मक प्रभाव त्यहाँको सेयर बजारमा परेको भधारतीय विश्लेषकले बताएका छन् ।