मंगलवार, श्रावण १२,२०८३ 11:56:15
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 11:56:15
Bizshala
Global IME Bank Limited

मौद्रिक नीतिका लागि लगानीकर्ताबाट यस्ता सुझाव पेश, राष्ट्र बैंक भन्छ,‘ पूँजी र मुद्रा बजारलाई सन्तुलित गर्ने नीति आउँछ’

मौद्रिक नीतिका लागि लगानीकर्ताबाट यस्ता सुझाव पेश, राष्ट्र बैंक भन्छ,‘ पूँजी र मुद्रा बजारलाई सन्तुलित गर्ने नीति आउँछ’
New Office

काठमाण्डौ । नेपाल पूँजीबजार लगानीकर्ता संघले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि सुझाव पेश गरेको छ । नेपाल राष्ट्र बैंकको आह्वानमा संघले पूँजी बजारका विभिन्न विषय समेटर सुझाव पेश गरेको हो ।  

आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा जुटिसकेको राष्ट्र बैंकले गत साता सरोकारवालहरुसँग सुझाव माग गरेको थियो । मौद्रिक नीतिमा समेट्नका लागि नेपाल पूँजीबजार लगानीकर्ता संघका तर्फबाट पनि ५ बुँदे सझाव पेश भएको सघंकी अध्यक्ष राधा पोखरेलले बताएकी छन् ।

संघले राष्ट्र बैंकलाई पेश गरेको सुझावहरुमा, हाल सेयर बजारमा लगाइएको क्याप हटाउनु पर्ने ,भारित औषत जोखिमभारलाई १२५ प्रतिशतबाट १०० मा झारिनु पर्ने , बैंक तथा वित्तिय संस्थालाई दोस्रो बजारमा सहज रुपमा कारोबार गर्ने व्यवस्था गर्नुपर्ने , सेयर धितोकर्जा ८० प्रतिशतसम्म पुर्याउनुपर्ने तथा सेयर कर्जामा लगाइएको हालको चर्को ब्याज घटाउनु पर्ने जस्ता माग रहेका छन् ।  

यस्तै सुझावमा अघिल्लो मौद्रिक नीतिले बजारको विकासको लागि अपेक्षित सम्बोधन गर्न नसकेको र उद्यमी व्यवसायीको मनोबल उकास्न नसकेको भन्दै राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याउनुको विकल्प नरहेको उल्लेख गरिएको छ ।  

राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा.भागवत आचार्यले यस वर्ष पनि गत वर्षजस्तै समयमा नै मौद्रिक नीति आउने बताउँछन्  । आचार्य भन्छन् ‘सामान्यतया आर्थिक वर्ष सकिएपछि मौद्रिक नीति आउने हो । हामीले विभिन्न सरोकारवालाहरुबाट प्राप्त सुझावहरुकलाई एकीकृत गर्ने कार्य गर्दै छौं । आम सर्वसाधारणबाट पनि सुझाब आउने क्रम जारी छ । राष्ट्र बैंकले मुद्रा बजार र पूँजीबजार दुबैलाई सन्तुलित गर्ने गरि नीति ल्याउँछ । हाम्रो प्रयास साउनको पहिलो साता मौद्रिक नीति ल्याउने हो ।’  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.