काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव का लागि लाभांश नदिने निर्णय गरेको छ । असार १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आव २०७९/८० को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
उक्त बैठकले गत आवको वित्तीय विवरणहरु पारित गर्दै लाभांश नदिने प्रस्तावसहितका वित्तीय विवरणहरु स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ। साथै राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी साधारण सभाबाट वित्तीय विवरणहरु स्वीकृत गर्ने निर्णय गरिएको संस्थाले जनाएको छ ।
यससँगै संस्थाका सेयरधनीहरुको हात यो पाली खाली हुने भएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                