सोमबार, असार २,२०८२ 12:07:17
  • सोमबार, असार २,२०८२ 12:07:17
Global IME Bank Limited

लुयानको एस९० मोडेलको नयाँ ईभी स्कुटर सार्वजनिक, मोबाइलबाटै अन/अफ गर्न सकिने

Hyundai Nepal
लुयानको एस९० मोडेलको नयाँ ईभी स्कुटर सार्वजनिक, मोबाइलबाटै अन/अफ गर्न सकिने
Nabil Bank Limited

काठमाण्डौ । लुयान नेपालले नयाँ विद्युतीय स्कुटर लुयानएस ९० हालै नेपालमा सार्वजनिक गरेको छ ।

निक्कै बोल्ड र अत्याधुनिक फिचरले सुसज्जित एस ९० मा २ हजार ५०० वाटको पिकपावर भएको लिक्विड कुल्ड मोटर दिइएको छ । अन्य हब मोटरको तुलनामा लिक्विड कुल्ड मोटरको तान्ने क्षमता तथा लाइफ स्पान बढी हुने कम्पनीले जनाएको छ ।

२ हजार ५२० वाट आवर क्षमताको ब्याट्री भएकाले यसले एकपटकको फुलचार्जमा अधिकतम १२० किलोमिटर रेञ्ज दिने बताइएको छ ।  

स्कुटरमा रिजेनेरेटिभ ब्रेकिङ सिस्टम भएकाले यसले ओरालोमा बे्रक लिँदा आफै ब्याट्री चार्ज हुन्छ । यसमा १२ इन्चको व्हिलमा दुवै टायर भएकाले १७० एमएमको अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । यसको अगाडि र पछाडि दुबै व्हिलमा डिस्क बे्रक दिइएको छ ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीका सेल्स तथा मार्केटिङ हेड, शंकर शर्माले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यसको जानकारी दिएका हुन् । ६५ किलोमिटर प्रति घण्टाको टप स्पिड भएको यो स्कुटरको ११२ किलोग्राम कुल वजन रहेको छ । यसमा सिटमुनी ३२ लिटरको निक्कै ठुलो वुट स्पेस रहेको छ । जसमा ठुलो हेलमेट राखेर पनि अन्य सामानहरु सजिलै अटाउन सकिन्छ ।

आइपी ६७ रेटेड वाटर तथा डस्ट प्रुफ यो स्कुटरलाई जस्तोसुकै मुसलधारे पानी पर्दा पनि चलाउन सकिन्छ ।  

यसमा एनएफसी सिस्टम भएकाले चावी विना मोवाइलको माध्यमबाट मात्रै पनि अन अथवा अफ गर्न सकिन्छ । यो सुरक्षाको दृष्टिले निक्कै सुरक्षित मानिन्छ ।

यसमा एन्टि थेप्ट अलार्म,७ इन्चको डिजिटल डिस्प्ले, एलईडी हेड लाइट, डिआरएल लगायतका फिचरहरु लोडेड छन् ।

यसको अधिकतम बिक्रि मुल्य २ लाख ६ हजार १ सय रुपैयाँ कायम गरिएको ट । कम्पनीले एक्स्चेञ्ज तथा फाइनान्सको पनि सुविधा रहेको जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.