बुधबार, भाद्र २५,२०८२ 10:39:33
  • बुधबार, भाद्र २५,२०८२ 10:39:33
Global IME Bank Limited

शिवम् सिमेन्टको आयोजनामा ‘शिवम् कीर्ति समारोह २०८१’ सम्पन्न, ३१ डिलर सम्मानित

Hyundai Nepal
शिवम् सिमेन्टको आयोजनामा ‘शिवम् कीर्ति समारोह २०८१’ सम्पन्न, ३१ डिलर सम्मानित

काठमाण्डौ । शिवम् सिमेन्टसले ‘शिवम् कीर्ति समारोह २०८१’  सम्पन्न गरेको छ । पाँच वर्षको लामो अन्तराल पछि ‘उडान –समृद्धि र सहयात्राको’शिर्षकमा समारोह आयोजना गरिएको थियो।  

उक्त समारोहमा शिवम् सिमेन्टसले आफ्नो उत्कृष्ट डिलरहरुमध्ये सर्वोत्कृष्ट ३१ डिलरहरुलाई विभिन्न विधामा अवार्डहरुबाट सम्मान गरेको थियो । रिजनल अवार्डअन्तर्गत प्रगति र परमविर अवार्ड प्रदान गरिएको थियो भने नेशनलअन्तर्गत  त्रिनेत्र, सदावहार, कल्पवृक्ष्य अवार्ड दिईएको थियो । साथै उत्कृष्ट मध्येका सर्वोत्कृष्ठ चार डिलरहरुलाई शिवम् डायमण्ड अवार्ड, शिवम् गोल्ड अवार्ड, शिवम् सिलभर अवार्ड र चेयरम्यान अवार्डबाट सम्मानित गरिएको थियो । समारोहलाई सम्बोधन गर्दै  कम्पनीका भाइस प्रेसिडेन्ट निखिल अग्रवालले विगत पाँच वर्षमा कोभिड १९, आर्थिक मन्दी जस्ता विषम परिस्थितिमा पनि आफ्ना वितरक तथा डिलरहरुले देखाएको धैर्यता र एक्यवद्धतालाई आधार मानेर शो शिर्षक राखिएको जानकारी दिए ।  

जसमा शिवम् नेशनल डायमण्ड अवार्डल लितपुर स्थित सुपर स्टार ट्रेडिङ हाउस परिवार,शिवम् नेशनल गोल्ड अवार्ड सुशिल हार्डवेयर गोलबजारका प्रोपाईटर सुनिलकुमार सिंह र शिवम नेशनल सिलभर अवार्ड पुष्प अटो इन्टरप्राईजेज गठौनाका ईश्वरप्रसाद गुप्ताले जितेका थिए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, शिवम् सिमेन्टका सर्वोत्कृष्ठ बिक्रेताअन्तर्गत शिवम् चेयरम्यान अवार्ड नेपाल ट्रेड सेन्टर जनकपुरका सोहनलाल मुरारकाले जितेका थिए ।

समारोहमा नेपालको चर्चित कलाकारहरुका साथै भारतका ख्याति प्राप्त कलाकारहरु कृष्ण अभिषेक र सुदेश लेहरीले  बेजोड  मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए । देशभरका वितरक तथा बिक्रेताहरुको बाक्लो उपस्थिति रहेको शो कार्यक्रममा मन्तव्य राख्दै शिवम्  सिमेन्टसका अध्यक्ष गौरव गोयलले आपसी, सदभाव, समझदारी र सहकार्यबाट नै आज शिवम् सिमेन्ट्स देशकै सर्वाधिक बिक्री हुने सिमेन्ट भएको र भविष्यमा पनि यस सहकार्यलाई जारी राख्ने प्रतिवद्धता जनाए । उपस्थित डिलरहरुले शिवम् सिमेन्टले आयोजना गरेको यस्तो कार्यक्रमहरुबाट व्यापार, व्यवसायमा लागेका सम्पूर्ण उद्यमी, व्यापारीहरुलाई थप उर्जा र हौशला प्रदान गर्ने धारणा राखे ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.