बुधबार, भाद्र २५,२०८२ 10:33:48
  • बुधबार, भाद्र २५,२०८२ 10:33:48
Global IME Bank Limited

बीमा प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक राजु रमण पौडेलसँगै चार कर्मचारीको बिदाई

Hyundai Nepal
बीमा प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक राजु रमण पौडेलसँगै चार कर्मचारीको बिदाई

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले चार कर्मचारीलाई विदाई गरेको छ । प्राधिकरणले निवर्तमान कार्यकारी निर्देशक राजु रमण पौडेल, निर्देशक दिनेश कुमार लाल, निवर्तमान उपनिर्देशक कुुसुम शर्मा र निर्वतमान सहायक निर्देशक सुनिता कुमारी कार्कीलाई विदाई गरेको हो ।  

प्राधिकरणले आफ्नो केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुरमा विदाई तथा सम्मान कार्यक्रम आयोजना गरि चार कर्मचारीलाई सम्मान गरेर विदाई गरेको हो । उक्त अवसरमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले चारैजना कर्मचारीलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै कदरपत्र र उपहार प्रदान गरे ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

निवर्तमान कार्यकारी निर्देशक पौडेल यही २०८१ साल जेठ १२ गतेदेखि र निवर्तमान निर्देशक लाल, निवर्तमान उपनिर्देशक शर्मा र निवर्तमान सहायक निर्देशक कार्की यही असार १ गतेदेखि ३० वर्षे सेवा अवधि पूरा गर्नुभई अनिवार्य अवकाश भएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले निवर्तमान पदाधिकारीहरूको ज्ञान र अनुभव आगामी दिनमा पनि उपयोग गर्न र निरन्तर संवादका लागि आवश्यक व्यवस्था गर्न ध्यान दिइने बताए ।

अध्यक्ष सिलवालले संस्थाको हितमा ज्ञानको उपयोग गर्न, विज्ञताका आधारमा जिम्मेवारी निर्वाह गर्न र नेतृत्व विकासमा ध्यान दिन कर्मचारीहरूलाई आग्रह गरे । प्राधिकरणलाई अब्बल दर्जाको नियामक निकाय बनाउन कर्मचारीहरूले सामूहिक रूपमा काम गर्नुपर्ने अध्यक्ष सिलवालले बताए ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.